कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमसीसी टोलीको विरोध गर्ने ६० जना पक्राउ

इकान्तिपुर डेस्क

काठमाडौँ — काठमाडौं प्रहरीले एमसीसी उपाध्यक्ष फातिमा सुमारको नेपाल भ्रमणको क्रममा विरोध गर्ने ६० जनालाई पक्राउ गरेको छ ।

एमसीसी टोलीको विरोध गर्ने ६० जना पक्राउ

महानगरीय प्रहरी प्रमुख एसएसपी अशोककुमार सिंहका अनुसार कालो झन्डा देखाउने,ढुंगा हान्ने जस्ता क्रियाकलाप गर्ने विभिन्न ठाउँबाट ६० जनालाई नियन्त्रणमा लिइएको बताए ।

'विभिन्न समूहका गरेर ६० जनालाई नियन्त्रणमा लिएका छौं, ' एसएसपी सिंहले इकान्तिपुरलाई भने, 'उनीहरुलाई ६ ठाउँमा राखिएको छ । अबको एक घन्टापछि छाड्छौं ।'

शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

पक्राउ पर्नेहरुमा कोही विद्यार्थी,दलका नेता/कार्यकर्ता लगायत अन्य व्यक्ति पनि रहेको एसएसपी सिंहले बताए ।

प्रकाशित : भाद्र २४, २०७८ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?