कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुरानो बानेश्वरनजिकै शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज

काठमाडौँ — काठमाडौंको पुरानो बानेश्वरनजिकै भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गराएको छ । पुरानो बानेश्वरबाट मैतीदेवी आउने बाटोमा रहेको मातृका आई सेन्टर रहेको भवनको शौचालयमा शंकास्पद वस्तु भेटिएको थियो ।

पुरानो बानेश्वरनजिकै शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज


बिहीबार बिहान काठमाडौं ओर्लिएका एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीको विरोध हुने कार्यक्रम भएपछि भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नेपालमा एमसीसीको विरोधसमेत भइरहेको र सुमारको भ्रमणमा विरोध प्रदर्शन हुनसक्ने आकलन गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको हो ।

प्रकाशित : भाद्र २४, २०७८ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?