२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८
एमसीसीबारे अमेरिकाको जवाफ

सम्पूर्ण बौद्धिक सम्पत्तिमा नेपालको स्वामित्व, लेखा परीक्षण नेपालले नै गरिरहेको छ : अमेरिका 

काठमाडौँ — एमसीसी सम्झौताको विवादका पाटामध्ये एमसीसी परियोजनाबाट प्राप्त हुने बौद्धिक सम्पत्तिमा नेपालको हक हुने कि नहुने र लेखा परीक्षण नेपालले गर्न पाउने कि नपाउने भन्ने प्रश्न उठेका थिए । 

सम्पूर्ण बौद्धिक सम्पत्तिमा नेपालको स्वामित्व, लेखा परीक्षण नेपालले नै गरिरहेको छ : अमेरिका 

अमेरिकाले एमसीसीका सम्बन्धमा नेपाल सरकारले सोधेका प्रश्नको जवाफ दिने क्रममा यी प्रश्न पनि प्रष्ट पारेको छ ।

बौद्धिक सम्पत्तिबारे सोधिएको प्रश्नको जवाफमा भनिएको छ, 'कम्प्याक्ट कार्यक्रमका सम्बन्धमा सिर्जित भएको सम्पूर्ण बौद्धिक सम्पत्तिमा नेपाल सरकारको स्वामित्व रहन्छ । त्यस्तो बौद्धिक सम्पत्तिमा एमसीसीको कुनै पनि हक हुँदैन ।'

एमसीसी परियोजनाको लेखा परीक्षण नेपालको महालेखा परीक्षकले गरिरहेको पनि अमेरिकाले उल्लेख गरेको छ ।

'सम्झौताको दफा ३.८ मा आयोजनाको लेखापरीक्षण अमेरिकी वा अमेरिकाबाट मान्यता प्राप्त लेखापरीक्षण संस्थाले गरेको कार्यलाई मात्र मान्यता दिँदा नेपालको महालेखा परीक्षकको अस्तित्व र वैधतामाथि प्रश्न उठाउनु अमान्य गर्नु कति उचित हुन्छ ? यसले राज्यको अस्तित्व र राज्यको संरचनालाई नै अमान्य गरेको ठहर्दैन र ? यही प्रक्रिया हुबहु लागू गरेमा लेखापरीक्षण गर्न पाउने अधिकारबाट राज्य नै वञ्चित हुँदैन र ?' नेपालले सोधेका यी प्रश्नको जवाफमा भनिएको छ, 'दफा ३.८ को अर्थ त्यो होइन । दफा ३.८ ले किटानीका साथ नेपालको महालेखा परीक्षकको कार्यालयले एमसीए-नेपालको लेखा परीक्षण गर्न सक्दछ भनेको र वास्तावमा त्यसरी नै लेखापरीक्षण भइरहेको पनि छ ।'

प्रकाशित : भाद्र २३, २०७८ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?