कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमालेलाई सभामुख सापकोटाले आक्रोशित हुँदै भने- 'संविधान, कानुन छ, त्यस बाहिर नजानु होला'

काठमाडौँ — एमाले सांसदहरुले संसद्‌‍मा नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले विपक्षी दलले उठाएको विषयमा संसद्‌‍मा छलफल हुन नसक्ने बताएका छन् ।

एमालेलाई सभामुख सापकोटाले आक्रोशित हुँदै भने- 'संविधान, कानुन छ, त्यस बाहिर नजानु होला'

अदालतमा सो सम्बन्धी मुद्दा विचाराधीन रहेका कारण संसद्‌‍मा छलफल हुनका लागि संविधानले बन्देज लगाएको बताएका थिए । 'देशमा संविधान छ, कानुन छ र संसद्‌ छ,' सभामुख सापकोटाले आक्रोशित हुँदै भने, 'त्यसको बाहिर नजानु होला ।' सभामुखले संसद्‌‍को नियमवलीको 'ख' र 'ग' तर्फ आकर्षित हुने बताएका छन् ।

प्रतिनिधिसभा नियमावली २०७२ को नियम २१ को उपनियम, 'ख' र 'ग' पालन गर्नुपर्नेमा ध्यानाकर्षण गरेका थिए ।

सो नियममा प्रतिनिधसभामा बैठकमा हुने छलफलको विषयसँग सम्बन्धित रहेको छ ।

  • उपनियम (ख) मा सभामुखको पद अनुकूल आचारण गरेको छैन भने प्रस्तावको छलफलको क्रममा बाहेक अवस्थामा सभामुखको आचरणको आलोचना गर्न नहुने र
  • (ग) सदन वा सभामुखको कुनै निर्णय बदर गरियोस् भन्ने प्रस्तावमाथि बोल्दाको अवस्थामा बाहेक सदन वा सभामुखको कुनै पनि निर्णयको आलोचना गर्न नहुने

प्रकाशित : भाद्र २३, २०७८ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?