कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काष्ठमण्डपको छानो छाउने काम सुरु

काठमाडौँ — काठमाडौंको वसन्तपुरस्थित ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको छानो छाउने काम सुरु गरिएको छ ।

काष्ठमण्डपको छानो छाउने काम सुरु

२०७२ साल वैशाख १२ गते आएको विनाशकारी भूकम्पले ध्वस्त बनाएको सो सम्पदाको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेपछि छानो छाउने काम सुरु गरिएको हो । सातौं शताब्दीमा बनेको सो सम्पदामा मौलिक प्रविधिकै प्रयोग गरेर झिंगटीको छानो छाउने काम सुरु गरिएको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए ।

उनले सो सम्पदाको पुनर्निर्माणको काम सम्पन्न गर्न अझै केही महिना लाग्ने पनि स्पष्ट पारे । समितिले पुरानै मौलिकतालाई कायम राखेर सो सम्पदा पुनर्निर्माणको काम सम्पन्न गरेर विश्वलाई नै नमूना उदाहरण पेश गर्न सक्षम हुने दाबी समेत गरेको छ । समितिका अध्यक्ष शाक्यले भने, ‘यो सम्पदाको पुनर्निर्माणको काम नियमित भइरहेको छ । यो काम अब अन्तिमतिर आइरहेको छ । ’ छानो छाउने काम सम्पन्‍न हुन केही महिना लाग्‍ने उनले बताए ।


हालसम्म यो सम्पदाको पुनर्निर्माणका लागि ११ करोड ५० लाख रुपैयाँ खर्च गरिएको छ । काठमाडौं महानगरपालिकाको अनुदान सहायतामा भइरहेको पुनर्निर्माणको काम छिटो सम्पन्न गरी उद्घाटन गर्ने योजना तय गरिएको समितिका अध्यक्ष शाक्यले बताए ।

काठैकाठको प्रयोग, झिंगटीको छाना, चारकुने इाटका गरा, लेसाइलो मोटाको लिपाइ र मिहिन बुट्टा कुँदिएका काठको विशाल संरचना थियो–काष्ठमण्डप । समितिले सोही मौलिक प्रविधिको उपयोग गरी यसको पुनर्निर्माण गरेकाले काम सम्पन्न गर्न समय लागेको पनि स्पष्ट पारेको छ ।

प्रकाशित : भाद्र २२, २०७८ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?