कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सत्ता गठबन्धन दलकै भ्रातृ संगठनद्वारा गृहमन्त्रीको पुत्ला दहन

काठमाडौँ — सत्ता गठबन्धन नेकपा(एस)को भ्रातृ संगठन अनेरास्ववियुले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहनको विषयमा गृह मन्त्रालयले आपत्ति जनाएपछि नेकपा(एस) निकट अनेरास्ववियुले सोमबार मिनभवनस्थित नेपाल कमर्स क्याम्पस अगाडि गृहमन्त्रीको पुत्ला दहन गरेको हो ।

सत्ता गठबन्धन दलकै भ्रातृ संगठनद्वारा गृहमन्त्रीको पुत्ला दहन

दार्चुला घटना र नेपाली आकाशमा अनधिकृत भारतीय उडान गरेको विषयमा सरकार चुप लागेको भन्दै शुक्रबार अनेरास्ववियुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको थियो । उक्त विषयलाई लिएर मन्त्रालयले आइतबार विज्ञप्ति निकाल्दै आपत्ति जनाएको थियो ।

पुत्ला दहनको विषयलाई लिँदै आइतबार गृह मन्त्रालयले 'मित्र राष्ट्रका प्रधानमन्त्रीको आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति ध्यानाकर्षण भएको' भन्दै विज्ञप्ति निकालेको थियो ।

प्रकाशित : भाद्र २१, २०७८ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?