२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

माग पूरा नभए बुढीगण्डकी जलविद्युत् आयोजना प्रभावितले धर्ना र प्रदर्शन गर्ने

सरकारलाई ११ बुँदे माग पेश

काठमाडौँ — गोरखा र धादिङको सीमानामा बग्ने बुढीगण्डकी नदी थुनेर बिजुली निकाल्ने गरी जलविद्युत् आयोजना निर्माण गर्दा डुबान क्षेत्रका सरोकारवालाहरुले सरकारलाई ११ बुँदे माग पेश गरेका छन् ।

माग पूरा नभए बुढीगण्डकी जलविद्युत् आयोजना प्रभावितले धर्ना र प्रदर्शन गर्ने

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीहरुले डुबान क्षेत्रमा व्यक्तिगत जग्गाको मुआब्जा मात्र दिइएको तर जग्गामा बनेको घर, संरचना,फलफूलका बोटबिरुवाहरुको मुआब्जा निर्धारण नगरिएको बताए ।

दुई वर्षदेखि गोरखाको बेनिघाटस्थित जलविद्युत् आयोजना वातावरण, मुआब्जा पुनर्बास तथा पुनर्स्थापना इकाइकाले मुआब्जासँग सम्बन्धित कुनै काम नगरेको सरोकारवालाहरुले बताएका छन् । जसका कारण अर्बौं रकम लगातारजसो बजेट फ्रिज भएको उनीहरुको आरोप छ ।

सरकारले आफूहरुका माग १० दिनसम्म सुनुवाइ नगरेमा मागहरु पूरा नहुँदासम्म निरन्तर धर्ना र प्रदर्शनका कार्यक्रमहरु गर्ने सरोकारवालाहरुले बताए ।

यस्ता छन् ११ बुँदे मागहरू:

प्रकाशित : भाद्र २०, २०७८ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?