कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५३

वषौंदेखि नेपालमा हराएका दुई भारतीय महिलाको उद्धार

राजेश मिश्र

नयाँ दिल्ली — वषौंदेखि नेपालमा हराएका दुई भारतीय महिलाको उद्धार गरेर परिवारको जिम्मा लगाइएको छ । काठमाडौंबाट उद्धार गरी ल्याइएका उनीहरूलाई शनिबार नयाँ दिल्लीमा परिवारजनलाई जिम्मा लगाइएको हो ।

वषौंदेखि नेपालमा हराएका दुई भारतीय महिलाको उद्धार

एक दशकदेखि हराएकी उत्तरप्रदेश बरेली, शिवपुरीकी ६० वर्षीय लिलावती देवी तथा १२ वर्षदेखि घरबाट बेपत्ता हुन पुगेकी झारखण्ड मास्मोनाकी ३२ वर्षीया अतवरीयालाई काठमाडौंबाट दिल्ली ल्याइएको हो । लिलावतीलाई लिन उनका ३२ वर्षीय छोरा आछुबाबु दिल्लीस्थित झारखण्ड भवन आएका थिए । लिलावती सन २०१२ को मार्चबाट हराएकी थिइन् ।

त्यस्तै,अतवरियालाई लिन उनको दिदी मन्जु र भिनाजु विजय आएका थिए । अतवरिया भने आफ्नो घरबाट हराएको १२ वर्ष भइसकेको रहेछ । तर, दुवैजना काठमाडौं कसरी पुगे उनीहरु बताउन सकेनन् ।

वर्षौंपछि आमालाई भेट्न पाएका छोरा र बहीनीलाई भेटेका दिदीको खुसीको सीमा थिएन । परिवारबाट विछोडिएका आफ्न्तको उनीहरुले धेरैतिर खोजतलास गरेका थिए । तर, कतै पत्ता नलागेपछि उनीहरु फर्किन्छन्, भन्ने आश मारिसकेका थिए । चण्डिगढ प्रहरीले केही दिन अगाडि दुवै परिवारलाई हराइरहेका उनीहरुको आमा र दिदी काठमाडौंमा रहेको जानकारी गराएका थिए ।

आफन्त नेपाल नामक संस्थाले काठमाडौंको मंगला साहना दीर्घकालीन पुनःस्थापना केन्द्रको आश्रयमा रहेकी ती दुईजना भारतीय महिलालाई उनीहरुको परिवारसम्म पुर्‍याउने भूमिका खेलेको हो । आफन्त नेपालका दिल्ली प्रमुख नविन जोशीले केही समय अगाडि दिल्लस्थित नेपाली दूतावास मार्फत काठमडौंमा दुईजना घर/ठेगना नखुलेको महिला रहेको जानकारी दिएपछि खोजी थालिएको बताए ।

भारतको हरेक प्रदेशको प्रहरी र संघ संस्थालाई महिलाबारे जानकारी पठाएपछि धेरैपछि उनीहरु झारखण्ड र उत्तर प्रदेशको रहेको पत्ता लागेको उनले बताए । यसकार्यमा चण्डिगढको प्रहरी अनुसन्धान ब्यूरोले आफूहरुको काममा सक्रिय साथ दिएको उनले उल्लेख गरे ।

झण्डै १० वर्षपद्धि आमालाई भेटेका आछुबाबु भावविभोर थिए । कान्तिपुरसँगको कुराकानीमा आफ्नो आमालाई संरक्षण दिएको र आफू समक्ष ल्याइदिएको नेपाली संस्थाहरुलाई आभार प्रकट गर्ने शब्द आफूसँग नरहेको उल्लेख गरे । ‘मरो आमा अब फर्किदैनन्, उनी मरिसकिन भनेर ठानेका थियौं,’ उनले भने ‘अकास्मात एकदिन चण्डिगढ प्रहरी मार्फत आमाबारे खबर आएपछि आमालाई भेट्न आतुर थिए । आज भेट भयौं । धेरै खुशी छु । ’

प्रकाशित : भाद्र १९, २०७८ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×