कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले छोडे पनि गौतमको सांसद पद नजाने 

काठमाडौँ — वामदेव गौतमले एमाले छाडे पनि उनको सांसद पद नजाने भएको छ । गौतम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनीत सांसद हुन् । 

एमाले छोडे पनि गौतमको सांसद पद नजाने 

‘राजनीतिक दलबाट निर्वाचित सांसदहरूले दल त्यागेमा उनीहरूको पद जान्छ तर गौतम दलबाट मनोनीत नभएका कारणले पार्टी छोडे पनि पद सुरक्षित रहन्छ’ संविधानविद् भीमार्जुन आचार्यले भने ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभामा मनोनीत गर्ने तीन जना सांसदमध्ये गौतम प्रतिनिधिसभाको निर्वाचनमा बर्दिया १ बाट पराजित भएका व्यक्ति हुन् । प्रतिनिधिसभाको त्यही कार्याकालभित्र घुमाउरो बाटोबाट संघीय संसद्मा‌ प्रवेश गरेको भन्दै गौतमको मनोनयनविरुद्ध दायर रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ ।

गौतमलाई मनोनयन गर्नेबेलामा तत्कालीन नेकपा नेतृत्वको सरकार थियो । अहिले उक्त पार्टीको अस्तित्व छैन ।




प्रकाशित : भाद्र १८, २०७८ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?