कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च पुगे वैद्य 

आइतबारका लागि पेसी तोकियो

काठमाडौँ — कांग्रेसको आसन्न महाधिवेशन रोक्न माग गर्दै वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य सर्वोच्च अदालत पुगेका छन् । उनले पेस गरेको रिट निवेदन दर्ता भएर पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च पुगे वैद्य 

दाहालका अनुसार उक्त रिट निवेदनको पेसी आइतबारका लागि तोकिएको छ ।

वैद्यले १४ औं महाधिवेशन स्थगित गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् ।

कोरोना संक्रमणका कारण महाधिवेशन गर्न नहुने र कानुनी रूपमा कांग्रेसको वैद्यता २०७९ साल जेठ ३० गतेसम्म कायम रहने तर्कसहित वैद्य सर्वोच्च अदालत पुगेका हुन् ।

'कांग्रेसको महाधिवेशनले कोरोना नफैलाओस्, कोरोना व्यवस्थापन भइसकेपछि सबै नेपालीले भ्याक्सिन लगाइसकेपछि अनि भव्यताका साथ नेपाली कांग्रेसको महाधिवेशन गरौं त्यसैले त्यो समयसम्म महाधिवेशन स्थगित गरौं भनेर फरियाद गर्न गएको हो,' वैद्यले भने ।

एमाले र माओवादीको महाधिवेशन नभएको पनि धेरै समय भएकाले कांग्रेस मात्रै अवैध हुन्छ भन्न नमिल्ने तर्क उनले रिट निवेदनमा गरेका छन् ।

कांग्रेसको वर्तमान कार्यसमिति २०७३ मंसिर ३० गतेदेखि गणना हुने वैद्यको जिकिर छ । ५ वर्ष नाघेको कुरा व्यवहारिक भएको उनको भनाइ छ । नेपालको संविधान र ऐन, कानुन मुताविक अवैध हुने अवस्था नरहेको उनको दाबी छ ।

आफ्नो आशय महाधिवेशन नहोस् भन्ने नरहेको तर कोभिड व्यवस्थापन गरेर मात्रै महाधिवेशन गरौं भन्ने वैद्यको भनाइ छ । उनले कुनै पनि नेतासँग सल्लाह नगरी रिट निवेदन लिएर सर्वोच्च अदालत गएको बताए । 'म कांग्रेस र प्रदेशसभा सदस्य भएर रिट लिएर गएको होइन । नागरिकको जीवन सुरक्षा गर्नका लागि हो,' उनले भने ।

प्रकाशित : भाद्र १७, २०७८ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?