२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२८

कांग्रेस केन्द्रीय सदस्य र दलित संघको अध्यक्षबाट विश्‍वकर्माले दिए राजीनामा

काठमाडौँ — कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले पदबाट राजीनामा दिएका छन् । कांग्रेसले दलित समुदायको सहभागितालाई प्राथमिकता नदिएको भन्दै उनले बुधबार केन्द्रीय सदस्य र नेपाल दलित संघका अध्यक्षबाट समेत राजीनामा दिएका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य र दलित संघको अध्यक्षबाट विश्‍वकर्माले दिए राजीनामा

पार्टी सभापति शेरबहादुर्लार देउवालाई सम्बोधन गर्दै बुझाएको राजीनामा पत्रमा उनले उल्लेख गरेका छन्, ‘कांग्रेस पार्टीमा दलित समुदायको सहभागिता केही समयपश्चात् नै शून्य हुने देख्दादेख्दै पनि यस पार्टीको म एक जिम्मेवार सदस्य र यसै पार्टीको सम्बन्धित समुदायलाई संगठित गर्ने भातृ संस्था नेपाल दलित संघको केन्द्रीय अध्यक्ष हुनुको नाताले यस्तो त्रुटिपूर्ण, अव्यवहारिक एवं अन्यायपूर्ण नीति नियम लागू हुँदा टुलुटुलु हेरेर बस्न नैतिकरूपले नमिल्ने र नसक्ने भएकोले आजैका मितिदेखि लागू हुनेगरि उल्लेखित दुवै पदबाट राजीनामा गरेको छु ।’


प्रकाशित : भाद्र १६, २०७८ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?