१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३१

नेकपा (एस) संसदीय दलको नेतामा नेपाल

काठमाडौँ — नेकपा (एस) संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत रुपमा चयन भएका छन् । नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो ।

नेकपा (एस) संसदीय दलको नेतामा नेपाल

स्थायी कमिटीका सदस्य मुकुन्द न्यौपानेले नेपाललाई संसदीय दलको नेतामा प्रस्ताव गरेका थिए ।

एमालेबाट भदौ ९ गते विभाजित भएर बनेको नेकपा(एस)ले दलको मान्यता पाएको थियो । संसदीय दलको बैठक संसद् भवनमा जारी छ ।

यसैगरी, बैठकले राष्ट्रिय सभाको संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन गरेको सांसद जीवनराम श्रेष्ठले जानकारी दिए ।

बैठकले संसदीय दलको विधान मस्यौदा समिति गठन गरेको छ । समितिमा भवानी खापुङ, निरादेवी जैरु, शेरबहादुर कुँवर, लक्ष्मी चौधरी र ठगेन्द्रप्रकाश पुरी छन् ।

प्रकाशित : भाद्र १३, २०७८ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?