२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७७

काबुलमा ३४ नेपाली ‘सुरक्षित’

'तीन दिनभित्रमा नेपाल पुग्‍ने'

नयाँ दिल्ली — अफगानिस्तानमा गैर कानुनी उपाय र बाटोबाट पुगेका ३४ नेपालीको उद्धार गर्न राष्ट्रसंघीय निकायहरु समेतको सुरक्षामा संलग्न रहेको ‘आईडीजी सेक्युरिटी’ले जिम्मा लिएको छ ।

काबुलमा ३४ नेपाली ‘सुरक्षित’

शुक्रबारसम्म काबुलस्थित गुरुद्वारामा शरण लिइरहेका ३४ नेपालीलाई शनिबार अपरान्ह आईडीजीले जिम्मा लिएको र यी नेपाली कामदार तीन दिनभित्रमा नेपाल पुग्ने भएका छन् ।

‘नेपाली समूहलाई सुरक्षित रुपमा आईडीजीको क्वार्टरमा स्थान्तरण गरिएको छ,’ एक अधिकारीले भने ।

दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख राम सुवेदीले काबुलमा सम्पर्कमा आएका सबै नेपाली ‘सुरक्षित’ रहेको जानकारी दिए ।

प्रकाशित : भाद्र १२, २०७८ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?