१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

भारतद्वारा नेपालका बाढीपहिरो प्रभावितलाई राहत सामग्री सहयोग

काठमाडौँ — भारतले नेपालका विभिन्न १५ जिल्लाका बाढी र पहिरो प्रभावित परिवारहरुका लागि राहत सामग्री सहयोग स्वरुप ८ करोड रुपैयाँ सहयोग गरेको छ ।
नेपालस्थित भारतीय राजदूतावासकी उप–प्रमुख नामग्या खम्पाले भारत सरकारको तर्फबाट ८ करोड रुपैयाँ बराबरको राहत सामाग्री नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष तथा सांसद चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकाललाई हस्तान्तरण गरेकी हुन् ।

भारतद्वारा नेपालका बाढीपहिरो प्रभावितलाई राहत सामग्री सहयोग

नेपालका १५ जिल्लामा बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुका लागि वितरण गर्नको लागि राहत सामग्री सहयोग गरिएको भारतीय राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ । राहत सामग्रीमा टेन्ट, प्लास्टिक सिट, स्लीपिङ म्याट र औषधिहरु छन् ।

बाढी र पहिरोका कारण जनजीवनमा पुगेको क्षतिलाई दृष्टिगत गर्दै स्थानीय सरकारसागको समन्वयमा नेपाल–भारत महिला मैत्री समाज र प्राज्ञिक विद्यार्थी परिषदमार्फत सो राहत सामाग्री चार प्रदेशका जिल्लाहरुलाई वितरण गर्न लागिएको छ ।

राहत सामग्री वितरण हुने जिल्लाहरुमा पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, रुपन्देही, गोरखा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा र धादिङ रहेको दूतावासले जनाएको छ ।

प्रकाशित : भाद्र ११, २०७८ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?