२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

एसिड प्रहार गर्ने श्रीमानलाई १० वर्ष ६ महिना कैद

६ लाख ५० हजार क्षतिपूर्तिका लागि जरिवाना
सन्तोष सिंह

धनुषा — जिल्ला अदालत धनुषाले श्रीमती र छोरीलाई एसिड प्रहार गर्ने श्रीमानलाई १० वर्ष ६ महिना कैदको सजाय सुनाएको छ ।

एसिड प्रहार गर्ने श्रीमानलाई १० वर्ष ६ महिना कैद

जनकपुरधाम–७ पेठिया बजारकी २२ वर्षीया श्रीमती आरती साह र ४ वर्षीया छोरी रियालाई एसिड प्रहार गर्ने सञ्जीव साहलाई जिल्ला अदालत धनुषाका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले बिहीबार १० वर्ष ६ महिना कैद र ६ लाख ५० हजार क्षतिपूर्तिका लागि जरिवाना गरेको हो ।

श्रीमानसँग विवाद भएपछि छुट्टिएर बसिरहेकी श्रीमती र छोरीलाई डेरामै पुगेर गत वर्षको कात्तिक २९ गतेको बिहान सञ्जीवले एसिड प्रहार गरेका थिए ।

प्रकाशित : भाद्र १०, २०७८ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?