१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३१

सनाखतको लागि प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका नेता निर्वाचन आयोगमा [अपडेट]

आज दल दर्ता टुंगो लाग्ने

काठमाडौँ — माधव नेपाल नेतृत्वको प्रस्तावित पार्टी नेकपा एकीकृत समाजवादीका नेताहरु सनाखतको लागि निर्वाचन आयोग पुगेका छन् । निर्वाचन आयोगले नेपाल नेतृत्वको पार्टी दर्ता प्रक्रिया बुधबार टुंग्याउने भन्दै दल दर्ताको क्रममा निवेदन दिएका नेताहरुलाई सनाखतको लागि बोलाएको थियो । 

सनाखतको लागि प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका नेता निर्वाचन आयोगमा [अपडेट]

उनीहरु चन्द्रागिरि हिल्स रिसोर्टमा सोमबार बेलुकादेखि पार्टी भेला गरिरहेका थिए । बुधबार बिहान रिसोर्टबाट सोझै आयोग पुगेका हुन् । अहिले आयोगमा सनाखतको काम भइहरेको छ ।

सनाखतका लागि बुधबार बिहान ११:३० बजेदेखि २ बजेसम्मको समय दिइएको छ । त्यही अनुसार दल दर्ताको निवेदनमा जुन नेताहरुको नाम छ, ती नेताहरु आफैं उपस्थित भएर सनाखत गर्नुपर्ने भएकोले नेताहरु आयोग गएका हुन् ।

प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका जीवनराम श्रेष्ठका अनुसार सनाखतको लागि तत्कालीन एमालेका ५४ जना केन्द्रीय सदस्य र ३४ जना संघीय सांसदहरु आयोग गएका छन् ।

यस्तै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि पार्टी दर्ता प्रक्रियाको लागि बोलाएको छ । ठाकुरका नेताहरु पनि निर्वाचन आयोग पुगेर सनाखत गरिरहेका छन् ।

प्रकाशित : भाद्र ९, २०७८ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?