२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

‘१० बुँदे सहमति’ कार्यान्वयनको प्रस्ताव तय गर्न तीन नेतालाई जिम्मा

काठमाडौँ — एमाले विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी र समयतालिका तय गर्न तीन सदस्यीय कमिटी गठन भएको छ ।  कमिटीमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र उप-महासचिव विष्णु पौडेल सदस्य छन् । यो कमिटीले स्थायी मंगलबारको बैठकअघि प्रस्ताव तयार गर्नेछ । 

‘१० बुँदे सहमति’ कार्यान्वयनको प्रस्ताव तय गर्न तीन नेतालाई जिम्मा

‘उहाँहरुले १० बुँदे सहमति कसरी लागू हुन्छ र यो प्रक्रिया कहिलसम्म सकिन्छ भन्ने विषयमा प्रस्ताव तयार पार्नु हुनेछ । भोलिको स्थायी कमिटीमा उहाँहरुले प्रस्ताव गर्नु हुनेछ,’ एक स्थायी कमिटी सदस्यले भने ।

सोमबार एमालेको ‘तेस्रो धार’का नेता र अध्यक्ष ओलीबीच बालकोटमा छलफल भएको थियो । उक्त छलफलमा ओलीले आफू १० बुँदे भित्रबाट अघि बढ्न तयार रहेको बताएका थिए ।


प्रकाशित : भाद्र ७, २०७८ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?