कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

लागूऔषध राखेर पत्रकारलाई फसाउन खोज्ने दुई घुमुवा प्रहरी निलम्बित

काठमाडौँ — पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर फसाउन खोज्ने नेपाल प्रहरीका दुई घुमुवालाई निलम्बन गरिएको छ । प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज साहलाई निलम्बन गरी घटनाको अनुसन्धान थालिएको हो ।

लागूऔषध राखेर पत्रकारलाई फसाउन खोज्ने दुई घुमुवा प्रहरी निलम्बित

निलम्बन अघि घटनाको सूक्ष्म अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले २ नम्बर प्रदेश कार्यालयलाई निर्देशन दिएको थियो । त्यस लगत्तै प्रदेश प्रहरी कार्यालयले असई यादव र जिल्ला प्रहरी कार्यालय रौतहटले जवान यादवलाई निलम्बन गरेका हुन् ।

साउन ३२ गते जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गत खटिएका दुई घुमुवा प्रहरीको योजनामा मोहम्मद मोजिबुल्लाह र शेख अतिउल्लाह सवार बिआर ३० एस–१८८७ नम्बरको मोटरसाइकलमा लागूऔषध नाइट्रोभेटका १५० ट्याबलेट राखिएको थियो ।

घुमुवाको योजनामा धिरज यादव र जितकुमार यादवले मोटरसाइकलमा लागू पदार्थ राखेको भेटिएपछि दुवै जनालाई आपराधिक षड्यन्त्र गरेको कसुरमा जिल्ला अदालत रौतहटबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको रौतहट प्रहरीले जनाएको छ । दुई घुमुवालाई पनि निलम्बन गरिएको हो । उनीहरु प्रहरीको निगरानीमा छन् ।

प्रहरी प्रवक्ता बसन्त कुँवरले सादा पोसाकका दुई प्रहरी घटनामा संलग्न रहेको देखिएकोले कानुन अनुसार कारबाही प्रक्रिया अघि बढिसकेको बताए ।

प्रकाशित : भाद्र ७, २०७८ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×