१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

उखु किसानको रकम एकमुष्ट प्रदान गर्न किसान संगठनको माग

रकम तत्काल भुक्तानी नगरे कडा संघर्षमा उत्रने चेतावनी

काठमाडौँ — लामो समयदेखि चिनी मिलहरूले उखु किसानको रकम भुक्तानी नगरेकोमा ६ किसान संगठनहरूले किसानहरुलाई एकमुष्ट रकम प्रदान गर्न माग गरेका छन् ।

उखु किसानको रकम एकमुष्ट प्रदान गर्न किसान संगठनको माग

संगठनले आइतबार संयुक्त वक्तव्य निकाल्दै किसानहरूले चिनी मिल र अन्य व्यापारीहरूलाई बेचेको उखुको भुक्तानीबापत प्राप्त गर्नुपर्ने सम्पूर्ण रकम (ब्याज तथा हर्जाना समेत) एकमुष्ट रुपमा प्रदान गर्न माग गरेका हुन् ।

यसका साथै उनीहरुले सरकारको तर्फबाट प्रदान गरिनुपर्ने तोकिएको अनुदान रकम अबिलम्ब भुक्तानी गर्न/गराउन माग गरेका छन् ।किसानहरूको रकम तत्काल भुक्तानी नगरिएमा कडा संघर्षमा उत्रने पनि संगठनले चेतावनी दिएको छ ।

प्रकाशित : भाद्र ६, २०७८ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?