कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

माधव नेपालको पार्टी अब नेकपा (एकीकृत समाजवादी) 

काठमाडौँ — एमालेबाट विभाजित भएको  माधवकुमार नेपाल समूहको पार्टीको नाम नेकपा (एकिकृत समाजवादी) प्रस्ताव गरिएको छ । नेपाल समूहले यसअघि नेकपा (एमाले समाजवादी) प्रस्ताव गरेर दल दर्ताको निवेदन दिएको थियो ।

माधव नेपालको पार्टी अब नेकपा (एकीकृत समाजवादी) 

तर अर्को दलसंँग मिल्दो नाम राख्न नमिल्ने भएपछि राजेन्द्र पाण्डे लगायतका नेताहरू शुक्रबार निर्वाचन आयोग पुगेर नयाँ नाम नेकपा ( एकिकृत समाजवादी) प्रस्ताव गरेका हुन् ।

निर्वाचन आयोगको प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार पार्टीको नयाँ नामको निवदेन आइसकेको छ । उनले पार्टी दर्ताको प्रक्रिया पुरा भएपछि यसबारेमा आयोगले अन्तिम निर्णय गर्ने जानकारी दिए ।

गत फागुन २३ गते तत्कालीन नेकपाको नामसम्बन्धि विवादमा अदालतले मिल्दोजुल्दो नाम राख्न नमिल्ने खालको फैसला गरेको थियो । त्यसैकारण तत्कालीन एमाले र माओवादी केन्द्रको एकीकरणबाट बनेको नेकपालाई नयाँ नाम तय गर्न अदालतले भनेको थियो ।

तर नेकपाले नयाँ नाम दिएन, त्यसपछि एमाले र माओवादी केन्द्र पुरानै दलको रुपमा ब्यूँतिएका थिए ।


प्रकाशित : भाद्र ४, २०७८ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?