कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

जापानबाट बाँकी ८ लाख डोज एस्ट्राजेनेका खोप शनिबार र सोमबार आउँदै

काठमाडौँ — जापान सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको १६ लाख एस्ट्राजेनेका खोपमध्ये बाँकी आधा (करिब ८ लाख डोज) शनिबार र सोमबार आइपुग्ने भएको छ । काठमाडौंस्थित जापानी राजदूतावासले बिहीबार विज्ञप्ति जारी गर्दै बाँकी रहेको ८ लाख खोप छिट्टै आउन लागेको बताएको हो ।

जापानबाट बाँकी ८ लाख डोज एस्ट्राजेनेका खोप शनिबार र सोमबार आउँदै

जापान सरकारले १६ लाख १४ हजार ७४० खोप सहयोग गरेको हो । त्यसमध्ये आधा खोप (करिब ८ लाख डोज) साउन २३ र २४ गते काठमाडौंमा आइपुगेको थियो ।

नेपालका लागि जापानी राजदूत किकुता युताकाले खोप सहयोग दुई मुलुक बीचको मित्रताको विम्ब भएको बताएका छन् । उक्त खोप कोभ्यासको सुविधा अन्तर्गत जापान सरकरले दिएको हो ।

प्रकाशित : भाद्र ३, २०७८ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?