कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सर्वोच्च अदालतमा ‘न्यायिक संग्रहालय’

काठमाडौँ — नेपालको न्याय प्रणाली र न्यायिक इतिहासको बारेमा एकै ठाउँमा जानकारी गराउन सकिने उद्देश्यले सर्वोच्च अदालतमा न्यायिक संग्रहालयको निर्माण गरिएको छ ।

सर्वोच्च अदालतमा ‘न्यायिक संग्रहालय’

नेपालको न्यायक्षेत्रको समग्र इतिहास झल्कने गरी निर्माण गरिएको संग्रहालयको मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले उद्घाटन गरे । उनले संग्रहालयमार्फत न्याय र कानूनी क्षेत्रका भावी पुस्तालाई नेपालको न्यायप्रणालीको विकास, अवस्था र परिवर्तनका विषय अध्ययन गर्ने सहयोग मिल्ने बताए ।

प्रधानन्यायाधीश राणाले न्यायपालिकाका ऐतिहासिक वस्तु संकलन गरेर संग्रहालयलाई अझै बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । न्यायिक संग्रहालय स्थापनामा संयोजकको रुपमा काम गरेकी न्यायाधीश सपना प्रधान मल्लले राज्यका निकायले ऐतिहासिक पुरातात्विक विषय संग्रहित गरेर राख्नुपर्ने बताइन् । उक्त संग्रहालय नेपालको न्याय र कानून क्षेत्रको विकासको सजिव इतिहास बन्ने विश्वास व्यक्त गरे ।

संग्रहालय निर्माणमा मुख्य भूमिका खेल्ने कर्मचारी राजन सापकोटालाई सम्मान गर्दै सर्वोच्चका प्रधानन्यायधीश राणा

न्याय सम्पादनका क्रममा विभिन्न समयमा भएका महत्वपूर्ण फैसला, न्यायायाधीश तथा न्यायपालिकाले प्रयोग गरेका पुराना सामग्री, न्याय र कानूनी क्षेत्रका पुरातात्विक सामग्री सङ्ग्रहालयमा सङ्ग्रहित गरिएको छ । संग्रहालयमा करिब ३५० सामग्री तयार पारिएको छ । प्रदर्शनी कक्षको अभावमा तत्काल १५ प्रकृतिका फरक सामग्री राखिएको छ । भौतिक संरचना स्थापनापछि सबै सामग्री र थप सामग्रीसमेत गरी डिजिटल संग्रहालयको स्थापना गरिने मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले जानकारी दिए ।

कार्यक्रममा संग्रहालय स्थापनामा सहयोग पुर्‍याउने पदाधिकारी तथा कर्मचारीलाई सम्मानसमेत गरिएको थियो ।

प्रकाशित : भाद्र १, २०७८ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×