अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन असोजमा

कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले आउँदो असोजमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । 

अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन असोजमा

आइतबार पत्रकार सम्मेलन गर्दै अनेरास्ववियु क्रान्तिकारीले आउँदो असोज ८, ९ र १० गते २२ औं राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको जानकारी दिएको हो । यो राष्ट्रिय सम्मेलनको माध्यमबाट नयाँ शिक्षा नीति, नयाँ नेतृत्व निर्वाचित गर्ने, विद्यार्थी आन्दोलनको नयाँ कार्यदिशा विकसित गर्ने अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताए ।

उनले २२ औं राष्ट्रिय सम्मेलनमा ७९९ मात्रै प्रतिनिधि रहने उल्लेख गरे । उनले उनले यो सम्मेलनलाई सम्पन्न गर्नका लागि आउँदो भदौ १५ सम्ममा इकाई क्याम्पस, पालिका भेला गरिसक्ने, भदौ २५ सम्ममा जिल्लाहरुको भेला र भदौ २५ देखि असोज १ गतेसम्म प्रदेश भेला गरिसक्ने बताए ।

काठमाडौंको प्रज्ञा भवनमा आयोजना गरिने सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा हुने उनले बताए । केन्द्रीय क्याम्पसमा बन्द सत्र गर्ने तयारी छ ।

भदौको १५ गते भित्रमा क्याम्पस सम्मेलन, इकाई सम्मेलन र पालिका सम्मेलन गरिसक्ने भन्दै भदौ २५ गतेभित्रमा देशभरका सम्पूर्ण जिल्लाहरुको भेला र भदौ २५ देखि असोज १ गते भित्रमा प्रदेशस्तरीय भेला सम्पन्न तालिका बनाइएको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : श्रावण ३१, २०७८ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?