कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भूपू गोर्खा सैनिकको माग समाधानका लागि कूटनीतिक पहल गर्न एमालेको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — सेवा सुविधाको मागसहित अनशनरत भूपू गोर्खा सैनिकहरुको माग समाधानका लागि बेलायत सरकारसँग कूटनीतिक पहल गर्न नेकपा एमालेले नेपाल सरकारलाई आग्रह गरेको छ ।

भूपू गोर्खा सैनिकको माग समाधानका लागि कूटनीतिक पहल गर्न एमालेको आग्रह

बेलायती सेनामा कार्यरत रहेर वीरता र बलिदानको कीर्तिमान बनाएका भूपू गोर्खा सैनिकहरुले उठाएको समानताको आवाज जायज र मानवीय रहेको भन्दै नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्तिमार्फत माग समाधानका लागि पहल गर्न आग्रह गरेका हुन् ।

'भूपू गोर्खाहरुको मागका सन्दर्भमा पूर्ववर्ती सरकारले बेलायती सरकारलाई बारम्बार आग्रह गरेको र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ को जुनमा भएको बेलायतको औपचारिक भ्रमणका क्रममा आफ्ना बेलायती समकक्षीसँग औपचारिक रुपमै गोर्खा भर्ती सम्बन्धी त्रिपक्षीय सन्धिको समग्र पुनरावलोकन गर्ने प्रस्ताव राख्नुभएको र दुई देशबीच गोर्खा सैनिक विषयमा निरन्तर छलफल गर्दै जाने सहमति भएको प्रसंग स्मरणीय छ,' विज्ञप्तिमा भनिएको छ ।

नेपाल र बेलायतबीचको दुई सय वर्षभन्दा पुरानो ऐतिहासिक सम्बन्धलाई ध्यानमा राख्दै भूपू गोर्खाहरुको समस्याको समाधान गर्न नेकपा (एमाले)ले नेपाल सरकारको ध्यानाकर्षण गराएको हो ।

प्रकाशित : श्रावण ३१, २०७८ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?