कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उत्पादन निर्यातका लागि सोचाइ परिवर्तन गर्ने समय आयो : महासचिव खड्का

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वदेशी उत्पादनलाई प्रबर्धन गर्नका लागि सोचाइ परिवर्तन गर्ने बेला आएको निर्यात व्यवसायी महासंघ, नेपालका महासचिव अमृत खड्काले बताएका छन्  ।

उत्पादन निर्यातका लागि सोचाइ परिवर्तन गर्ने समय आयो : महासचिव खड्का

आइतबार कान्तिपुर इकोनमिक समिट, २०२१ को दोस्रो सत्र 'आफ्नै उत्पादनको सामर्थ्य' विषयको अन्तरक्रियामा खड्काले यस्तो बताएका हुन् ।

‘अब हामीले हाम्रो सोच परिवर्तन गरौं । भारतको संरक्षणवादी बजार छ,’ उनले भने, ‘कोभिडपछि व्यापारको परिभाषा नै बदलियो, जुन हामीलाई फाइदा हुने गरेर बदलिदियो ।’

हामी हस्तकलामा अघि बढ्न सक्छौं । अहिले पनि हिमालमा राडीपाखी बनाइन्छ । हामीसँग त्यस्ता धेरै ज्ञान, सीप र कला छन् । यसकारण पनि ती स्रोतको उपयोग गर्नकै लागि भएपनि अब सोचाइलाई परिवर्तन गर्ने समय आएको उनले बताए ।

‘हामी अनुमान मात्र गर्न सक्छौं । कार्पेटमा हामी ग्रोथ गरिरहेका छौं । संसारको सबैभन्दा महंगो कार्पेट नेपालको हुन्छ,’ उनले भने, ‘हामीसँग उज्ज्वल भविष्य छ । सानो सोचाई राख्नु भएन ।’

त्यस्तै, व्यवसायीलाई सरकार, एनजीओ/आइएनजीओहरूले अवरोध गर्न नहुने उनले बताए ।

प्रकाशित : श्रावण ३१, २०७८ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?