२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६१
कोरोना अपडेट

२४ घण्टामा १ हजार ९४७ संक्रमित थपिए, २० जनाको मृत्यु 

कान्तिपुर संवाददाता

काठमाडौँ — देशभर २४ घण्टामा ८ हजार ६६७ जनाको पीसीआर परीक्षणमा १ हजार ९४७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

२४ घण्टामा १ हजार ९४७ संक्रमित थपिए, २० जनाको मृत्यु 

त्यसैगरी ४ हजार ९०६ जनाको एन्टिजेन परीक्षणमा ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २ हजार ६२४ जनामा काेराेना पुष्टि भएकाे छ ।

देशभर २० जनाको मृत्यु भएको छ भने निको हुनेको संख्या १ हजार ३२० रहेको छ । सक्रिय संक्रमितको संख्या भने ३९ हजार ४०५ रहेको छ ।संक्रमित हुनेमा २१ वर्षदेखि ३० वर्ष उमेर समूहका रहेका छन् । २४ घण्टामा २१ –३० वर्ष उमेरसमूहका ४७७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ३१–४० वर्ष उमेरसमूहका ४५१ जनामा संक्रमण देखिएको छ ।


प्रकाशित : श्रावण ३०, २०७८ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?