कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

तेस्रो लहरको तयारीका लागि आइसोलेसन सेन्टर तथा अस्पताल सूचीकृत गर्न गृह मन्त्रालयको अनुरोध

कान्तिपुर संवाददाता

काठमाडौँ — गृह मन्त्रालयले बढ्दो कोरोना संक्रमण फैलिएसँगै आवश्यकताका आधारमा कोभिड संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल तथा मेडिकल कलेजहरु सूचीकृत गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ । 

तेस्रो लहरको तयारीका लागि आइसोलेसन सेन्टर तथा अस्पताल सूचीकृत गर्न गृह मन्त्रालयको अनुरोध

बिहीबार बसेको सचिवस्तरीय बैठकले सूचीकृत अस्पतालहरुको विवरण स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रलाई पठाउनुपर्ने साथै सूचीकृत अस्पतालहरुको नियमित सुपरीवेक्षण अनुगमन गर्न समेत भनेको छ ।

मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै नेपालमा कोरोना संक्रमित बढ्दै गइरहेको तथा अस्पतालमा पनि बेडहरु भरिँदै गएकाले तेस्रो लहरलाई मध्यनजर गर्दे अस्पतालहरु सूचीकृत गर्नुपर्ने अवस्था आएको बताएको छ । प्रथम र दोस्रो लहरमा कोरोना संक्रमण केही कम हुँदा कोरोना संक्रमितको उपचार गर्ने सूचीकृत अस्पतालहरु स्थगत गरिएको थियो ।

प्रकाशित : श्रावण २९, २०७८ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?