कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २००

भूतपूर्व गोर्खा सैनिकको माग सम्बोधनका लागि वार्ता समिति बनाउन सांसद पन्तको माग   

कान्तिपुर संवाददाता

काठमाडौँ — सांसद डिला संग्रौला पन्तले ब्रिटिस सरकारसँग वार्ता गर्न सरकारसँग माग गरेकी छन् । 

शुक्रबारको प्रतिनिधिसभा बैठकमा गोर्खा सैनिकहरु विभिन्न माग राखी बेलायतमा आमरण अनशन बसिरहेकोप्रति नेपाल सरकारको ध्यानाकर्षण गराउँदै सांसद पन्तले कूटनीतिक माध्यमबाट समाधान खोज्न माग गरेकी हुन् ।

भूतपूर्व गोर्खा सैनिकको माग सम्बोधनका लागि वार्ता समिति बनाउन सांसद पन्तको माग   

‘नेपाल तथा ब्रिटेनबीच २०० वर्षभन्दा लामो ऐतिहासिक सम्बन्ध छ । त्यो सम्बन्धको जग भनेको गोर्खा सैनिकहरु हुन् । संसारभरि बहादुरीका लागि चिनिएका गोर्खा सैनिकहरुले अहिले आफ्नै लागि न्याय माग्दै गएको शनिबारदेखि ब्रिटिस प्रधानमन्त्री कार्यालय नजिकै लन्डनमा आमरण अनशन बसिरहेका छन् । उनीहरुको जीवनरक्षा गर्नु नेपाल सरकारको कर्तव्य हो,' उनले भनिन्, 'त्यसैले म नेपाल सरकारलाई तत्काल कूटनीतिक माध्यमबाट ब्रिटिस सरकारसँग सम्पर्क गरी वार्ता समिति गठन गरी वार्ताको मिति र स्थान तोक्न पहल गर्न आग्रह गर्दछु ।’

सम्बन्धित समाचार


प्रकाशित : श्रावण २९, २०७८ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?