कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुपन्देहीमा जबरजस्ती करणी आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

अमृता अनमोल

बुटवल — रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन् । 

रुपन्देहीमा जबरजस्ती करणी आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

स्थानीय ३० वर्षीया महिलाले बिहीबार जिल्ला प्रहरी कार्यालय भैरहवामा जबरजस्ती करणी उद्योग गरेको भन्दै उजुरी दिएपछि शुक्ला पक्राउ परेका हुन् ।

उजुरीका आधारमा शुक्लालाई बिहीबार दिउँसो २ बजे पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

शुक्लामाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित : श्रावण २८, २०७८ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?