कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

पौडेलको प्रश्‍न- दल विभाजन अध्यादेश आउँदैन भन्‍ने विश्‍वास गर्दा हुन्छ ?

कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेका उपमहासचिव एवं सांसद विष्णु पौडेलले वर्तमान सरकारले अध्यादेश ल्याउने छैन भनेर विश्वास गर्दा हुन्छ ? भनेर प्रश्न गरेका छन् । 

पौडेलको प्रश्‍न- दल विभाजन अध्यादेश आउँदैन भन्‍ने विश्‍वास गर्दा हुन्छ ?

आर्थिक श्वेतपत्रमाथि प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै पौडेलले वर्तमान सरकारले अध्यादेश ल्याउन लागेको आशंका गरेका हुन् ।

श्वेतपत्रमा अध्यादेशबाट बजेट ल्याएको बारे केपी शर्मा ओली नेतृत्वको यसअघिको सरकारको आलोचना गरिएको थियो । अर्थमन्त्री जनार्दन शर्माले अध्यादेशबाट बजेट ल्याएको भन्दै आलोचना गरेका थिए । पौडेलले अध्यादेश ल्याउने संवैधानिक व्यवस्थाको आलोचना गर्नु ठीक नभएको बताए । 'यो सरकारको पालामा कहिले पनि अध्यादेश आउँदैन भन्ने विश्वास गर्दा हुन्छ ?,' उनले प्रश्न गरे, 'केही हप्ता, केही दिनभित्र राजनीतिक दल विभाजन अध्यादेश आउँदैन भन्ने विश्वास गर्दा हुन्छ ?'

प्रकाशित : श्रावण २८, २०७८ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?