१५.४४°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७
पुनः मनसुन सक्रिय

आगामी साता देशभर वर्षा हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुगेकाले आगामी साता देशभर मनसुन सक्रिय हुने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आगामी साता देशभर वर्षा हुने

विभागका मौसमविद् समिर श्रेष्ठले भने, “अबको केही दिन देशका धेरैजसो स्थानमा वर्षा हुनेछ । वर्षा निरन्तर नभई केही समय घाम लाग्ने र केही समय वर्षा हुने क्रम चलिरहने छ । ” उनका अनुसार वर्षा निरन्तर एकै ठाउँमा नभई फरक–फरक दिन फरक स्थानमा हुने औंल्याएको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नम्बर १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश नम्बर १, २, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बिहीबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । त्यस्तै, बिहीबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव ५ डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३६ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित : श्रावण २८, २०७८ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?