२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७५४

रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले पदबाट राजीनामा दिएका छन् । आचरणविपरीत काम गरेको भन्दै साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले स्पष्टिकरण सोध्ने निर्णय गरेपछि भट्टराईले पदबाट राजीनामा दिएका हुन् । 

रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा

राजीनामा पत्रमा उनले आफूलाई राजनीतिक प्रतिशोधबाट पूर्वाग्रही ढंगले आफूलाई स्पष्टिकरण सोधिएको भन्दै पदबाट राजीनामा दिएको जनाएका छन् ।

उनले महाप्रबन्धकको जिम्मेवारी लिएपछि पहिलो चरणमा जयनगर-जनकपुर-कुर्था खण्डमा यात्रु रेल सेवा सञ्चालन गर्न तयारी अवस्थामा पुर्‍याएको जनाएका छन् । नेपाल भारत सीमा वारपार रेल सञ्चालनको निमित्त स्ट्यान्डर्ड ओपरेटिङ प्रोसिड्युर(एस‌ओपी) तयार गरी दुवै देशका सरकारबाट अनुमोदन गराइसकिएको र रेल सञ्चालन हुने मिति मात्र तय हुन बाँकी रहेको भट्टराईले दिएको राजीनामा पत्रमा उल्लेख छ ।

भट्टराईलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ जेठ २९ मा रेलवे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको थियो । पदीय मर्यादाविपरीत सामाजिक सञ्जालमा जथाभावी लेख्दै आएका भट्टराईले नेतृत्व सम्हालेको लामो समय बितिसक्दा पनि अझै रेल सञ्चालनमा आउन सकेको छैन ।

भट्टराई महाप्रबन्धक नियुक्त भएदेखि नै विवादित बन्दै आएका थिए ।

यस्तो छ भट्टराईले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बुझाएको राजीनामा पत्र:

प्रकाशित : श्रावण २७, २०७८ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?