२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच सदनलाई प्रभावकारी बनाउनेबारे छलफल

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा र र सभामुख अग्‍निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । संघीय संसद्‌ भवन नयाँबानेश्वस्थित सभामुखको कार्यकक्षमा मंगलबार प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच सदनलाई प्रभावकारी बनाउनेलगायत विषयमा छलफल भएको हो ।

प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच सदनलाई प्रभावकारी बनाउनेबारे छलफल

'सम्माननीय प्रधानमन्त्रीज्यू र सम्माननीय सभामुखज्यूबीच आज संघीय संसद् भवन नयाँबानेश्वस्थित सभामुखको कार्यकक्षमा सदनलाई प्रभावकारी बनाउने, विधेयकहरुलाई अघि बढाउने लगायतका विषयमा छलफल भएको छ,' सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

छलफलका क्रममा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा र नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक देव गुरुङ पनि सहभागी थिए ।

तत्कालीन ओली सरकारको निर्णय उल्ट्याउँदै सर्वोच्च अदालतबाट असार २८ गते पुन: स्थापना भएको प्रतिनिधिसभाको मंगलबारसम्म ७ वटा बैठक बसेको छ । मंगलबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विभिन्‍न दलका सांसदहरुले बोलेका थिए । अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसदसमक्ष प्रस्तुत गरे ।

प्रतिनिधि सभाको अर्को बैठक साउन २८ गते दिनको १ बजे बस्ने तय गरिएको छ ।

प्रकाशित : श्रावण २६, २०७८ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?