कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साझा न्यूनतम कार्यक्रम– मेडिकल कलेजका सम्बन्धनको पुनरावलोकन हुने 

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ गठबन्धनले सरकार सञ्चालनका लागि साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै विगतमा मेडिकल कलेजलाई दिइएको सम्बन्ध पुनरावलोकन गर्ने बताएको छ । 

साझा न्यूनतम कार्यक्रम– मेडिकल कलेजका सम्बन्धनको पुनरावलोकन हुने 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव, जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रममा भनिएको छ, 'राज्यको नीतिविपरीत दिइएका मेडिकल कलेजका सम्बन्धनको पुनरावलोकन गर्ने ।'

डा. गोविन्द केसी लगायतले कतिपय मेडिकल कलेजलाई दिइएको सम्बन्धन खारेज गर्नुपर्ने माग राख्दै आएका थिए । चालु मेडिकल कलेजलाई बलियो र सम्पन्न बनाउँदै राजनीतिक प्रभावका आधारमा व्यापार गर्न खोलिएका मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने उनीहरूको माग थियो ।

त्यस्तै, प्रमाणपत्र धितो राखेर शैक्षिक बेरोजगारलाई ऋण दिने पनि साझा न्यूनतम कार्यक्रममा उल्लेख छ ।

काठमाडौंको खानेपानी अभावको अन्त्य गर्नका लागि पुनर्निर्माणको काम थाल्ने पनि साझा न्यूनतम कार्यक्रममा उल्लेख छ । 'मेलम्ची आयोजनाको पुनर्निर्माण शीघ्र गर्ने, ग्रामीण बस्तीमा स्वच्छ पिउने पानी पुर्‍याउने,' साझा न्यूनतम कार्यक्रममा भनिएको छ ।

महिलाविरूद्धका सम्पूर्ण विभेदकारी कानुन अन्त्य गर्ने, यौनिक तथा लैङ्गिक अल्पसंख्यकका अधिकार सुनिश्चित गर्ने पनि सत्तारुढ गठबन्धनको कार्यक्रम रहेको छ ।

प्रकाशित : श्रावण २४, २०७८ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?