कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साझा न्यूनतम कार्यक्रम- 'संविधानको भावनाअनुसार भूमिहीनलाई भूमि दिने' [पूर्णपाठ]

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले भूमिहीनलाई भूमि दिने भएको छ । सरकार सञ्चालनका लागि सत्तारुढ गठबन्धनले सार्जनिक गरेको साझा न्यूनतम कार्यक्रम र कार्यविधिमा भूमिहीनलाई भूमि दिने उल्लेख गरिएको छ ।

साझा न्यूनतम कार्यक्रम- 'संविधानको भावनाअनुसार भूमिहीनलाई भूमि दिने' [पूर्णपाठ]

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता गठबन्धनमा रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले कार्यदलको प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

साझा न्यूनतम कार्यक्रममा भनिएको छ, 'संविधानको भावनाअनुसार भूमिहीनलाई भूमि दिने । मुक्त कमैया, हलिया, बाँधा र भूमिहीन किसानका लागि आर्थिक उत्थान र बसोबासको व्यवस्था गर्ने ।'

केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको भूमि आयोग खारेज गरेकोमा सरकारको आलोचना भइरहेको बेला सरकारले भूमिहीन र सुकुम्बासीलाई भूमि दिने कार्यक्रम ल्याएको हो ।

त्यस्तै, डिजिटल प्रविधिमा आधारित विपद्‌ पूर्वसतर्कता प्रणाली लागू गर्ने र बस्ती स्थानान्तरण र एकीकृत बस्ती निर्माण थाल्ने पनि साझा कार्यक्रममा उल्लेख छ ।

सरकारले एकीकृत सामाजिक सुरक्षा संरचना लागू गर्ने, गरिब घर परिवारलाई परिचयपत्रको व्यवस्था गर्ने, निजी विद्यालयमा अभिभावकलाई चर्को आर्थिक भार पर्न नदिने, विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप मुक्त गर्ने र पदोन्नति प्रणाली व्यवस्थित गर्न विश्वविद्यालय ऐनमा सुधार गर्ने पनि साझा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित : श्रावण २४, २०७८ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?