कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

एसईई नतिजा प्रकाशित, इकान्तिपुरमा हेर्न सकिने

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । शनिबार बोर्डको बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो ।

एसईई नतिजा प्रकाशित, इकान्तिपुरमा हेर्न सकिने

विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको हो । मुलुकभरका विद्यालयले विद्यार्थीको प्राप्तांक पठाएका थिए ।

५ लाख १७ हजार विद्यार्थीले एसईई दिएका थिए । विद्यालयले पठाएको अंकलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो ।

शनिबार नै बसेको बोर्डको बैठकले कक्षा १२ को साउन ३१ गतेदेखि हुने परीक्षा पनि स्थगित गर्ने निर्णय गरेको छ ।

एसईईको नतिजा results.ekantipur.com सहित www.see.gov.np, www.neb.gov.np का साइटलगायतबाट पनि हेर्न सकिनेछ ।

प्रकाशित : श्रावण २३, २०७८ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?