कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारले छिट्टै पूर्णता पाउने अपेक्षा गरिएको छ : प्रवक्ता श्रेष्ठ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)को शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारले छिट्टै पूर्णता पाउने विश्वास व्यक्त गरेको छ । पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा भने बैठकमा छलफल नगरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

सरकारले छिट्टै पूर्णता पाउने अपेक्षा गरिएको छ : प्रवक्ता श्रेष्ठ

गठबन्धनभित्र मन्त्रालयको टुंगो नै लगाउने काम नभएकाले पार्टीभित्रबाट कुन व्यक्तिलाई पठाउने भन्ने विषयमा छलफल नभएको उनले बताए । प्रवक्ता श्रेष्ठले भने, ‘सरकारले छिट्टै पूर्णता पाउने अपेक्षा गरिएको छ । गठबन्धनभित्र मन्त्रालय कसले पाउने भन्ने टुंगो नलागेकाले पार्टीभित्र कसलाई पठाउने भन्ने विषयमा छलफल गरिएको छैन । १/२ दिन भित्र सरकारले पूर्णता पाउने गरी गठबन्धनभित्र छलफल हुन्छ ।’

बैठकले सत्तारुढ गठबन्धन कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेकोमा धन्यवाद दिँदै छिट्टै सार्वजनिक गर्न पनि आग्रह गरेको छ ।

त्यसैगरी माओवादी केन्द्रले सुकुम्बासी, भूमिहीन किसान, दलित, अव्यवस्थित बसोबासको समस्या समाधान तथा कार्यान्वयन गर्न अभिलम्ब उच्चस्तरीय आयोग गठन गर्न पनि सरकारलाई अनुरोध गरेको छ । सरकारले केपी ओली नेतृत्वको अघिल्लो सरकारले भूमि सम्बन्धी समस्या समाधान गर्न गठित आयोग खारेज गरेपछि माओवादी केन्द्रले उच्चस्तरीय आयोग तत्काल गठन गरी सो समस्या समाधान गर्न सरकारलाई आग्रह गरेको हो । संविधान र कानुनको परिधिमा रहेर ती समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गर्न सरकारलाई अनुरोध गरिएको उनले जानकारी दिए ।

माओवादी केन्द्रले लुम्बनी प्रदेशसभाका आफ्नो पार्टीकी सांसद विमला वलीलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा 'बन्धक बनाएको' घटनाप्रति आपत्ति जनाउँदै भत्सर्ना समेत गरेको छ ।

प्रकाशित : श्रावण २२, २०७८ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?