कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

ओलीका पछिल्ला अभिव्यक्तिले एकताको वातावरण खल्बलियो : रावल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले) उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिले पार्टी एकताको वातावरण खल्बलिएको बताएका छन् । बिहीबार माधवकुमार नेपाल पक्षको केन्द्रीय सदस्यहरुको बैठकमा बोल्दै उपाध्यक्ष रावलले ओलीका अभिव्यक्तिले पार्टी एकता खल्बल्याएको बताएका हुन् । 

ओलीका पछिल्ला अभिव्यक्तिले एकताको वातावरण खल्बलियो : रावल

रावलको भनाइ उद्दधृत गर्दै नेपाल समूहका नेता यज्ञराज सुनुवारले भने, 'केपी ओलीका पछिल्ला अभिव्यक्तिले एकताको वातावरण खल्बल्याएको छ । हामीले एकताको प्रयास जारी गर्नुपर्छ ।'

भेलामा रावलले कार्यदलमार्फत भएका कामहरुको सबै वरिष्ठ नेता माधवकुमार नेपालसँगको सहमति र निर्देशनमा गरेको बताएका थिए ।

प्रकाशित : श्रावण २१, २०७८ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?