२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

आवश्यकता महसुस गरेर सरकारले जहाँ पठाएपनि जान तयार छु : कार्यकारी निर्देशक शाक्य

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले आफूलाई सरकारले जहाँसुकै पठाएपनि जान तयार रहेको बताएका छन् । 

आवश्यकता महसुस गरेर सरकारले जहाँ पठाएपनि जान तयार छु : कार्यकारी निर्देशक शाक्य

बुधबार प्राधिकरणमा पत्रकारहरुसँग कुरा गर्दै कार्यकारी निर्देशक शाक्यले आफूलाई सरकारले अरु जिम्मेवारी दिन सकिन्छ कि भन्ने सन्दर्भमा सोधेको जानकारी दिँदै उनले आफ्नो आवश्यकता महसुस गरेर सरकारले जहाँ पठाएपनि आफू तयार रहेको जवाफ दिएका हुन् ।

उनले आफू इन्जिनियरिङ क्षेत्रको मान्छे भएकाले सम्बन्धित क्षेत्रसँग जोडिएको जुनसुकै ठाउँमा पठाएपनि काम गर्ने बताए । उनले भने,‘मलाई अब अरु कुनै जिम्मेवारीहरु दिन सकिन्छ कि भनेर सोध्नु भएको हो । मैले चाहीँ मेरो आवश्यकता महसुस गरेर सरकारले जहाँसुकै पठाए पनि म तयार छु भन्या छु । म जागिर खाएको सुरुको दिनदेखि इन्जिनियरिङमा स्वावलम्बी, इन्जिनियरिङमा आफूमै भर पर्ने, विदेशी परामर्शदातामा भर नपर्ने भनेर पहिलो दिनदेखि नै विदेशी टेक्निसियनमा भर नपर्ने भनेर लागिरहेको हो । टेक्निकल मेरो फिल्ड होस् । प्लानिङ पनि गर्छु । धेरैवटा प्लानिङ गरेको छु । आफ्नो क्षेत्रसँग जोडिएको जुनसुकै क्षेत्रमा पठाएपनि काम गर्छु ।’

कार्यकारी निर्देशक शाक्यले आफ्नो कार्यकाल अवधिभर कोरोना संक्रमणका कारण लकडाउन भएको भएपनि विद्युतमा कुनै समस्या नहुने गरी काम गरेको बताए । अघिल्लो वर्ष भन्दा यस वर्ष कम नै विद्युत आपूर्ति रोकिएको उनले बताए । अस्पतालहरुलाई विद्युत नजाने गरी बन्दोबस्त मिलाएको तथा गइहालेमा पनि तुरुन्तै सञ्चालनमा ल्याएको उनले स्पष्ट पारे । यसबीचमा ढल्केबर ४०० केभि सबस्टेशनलाई नेपाल भारत ४०० केभीमा सञ्चालनमा ल्याएको, खिम्ति ढल्केबर २२० केभि सञ्चालन गरेको, अपर तामाकोसीको कामलाई अगाडी बढाएको, पूर्ण विद्युतीकरण भएका जिल्लाहरुमा १३ जिल्ला थपेको तथा कर्णाली अञ्चलमा पहिलोपल्ट ७ ग्रिडको विद्युत पुर्‍याएको उनले बताए ।

शाक्यले यो वर्ष १५ प्रतिशतले खपत बढेकाले चुहावट पनि बढेको बताए । घरघरमा पुगेर अनुगमन गर्न नसक्दा र हुकिङ तार हटाउन जान नसक्दा १ दशमलव ६ प्रतिशत चुहावट बढेको उनले बताए । आगामी दिनमा प्रशारण लाइन र वितरण लाइनमा जोड दिइने पनि उनले बताए ।

प्रकाशित : श्रावण २०, २०७८ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?