कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कायम मुकायम प्रधानसेनापतिमा शर्मा नियुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले कायम मुकायम प्रधानसेनापतिमा रथी प्रभुराम शर्मालाई नियुक्त गरेकी छन् ।

कायम मुकायम प्रधानसेनापतिमा शर्मा नियुक्त

नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको ३ वर्षे पदावधि भदौ २४ गतेबाट सकिँदैछ । प्रधानसेनापति थापा अनिवार्य अवकाशमा जाने भएकाले राष्ट्रपतिले शर्मालाई कायम मुकायम प्रधानसेनापति तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिएका छन् ।

प्रधानसेनापति थापा साउन २५ देखि घर बिदामा बस्ने भएकाले ज्येष्ठताका क्रममा रथी प्रभुराम शर्मालाई सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को साउन १२ गतेको निर्णयबाट सिफारिस भएका थिए । सोही बमोजिम राष्ट्रपतिले शर्मालाई साउन २६ गतेबाट लागू हुने गरी कायम मुकायम प्रधानसेनापतिमा तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।


प्रकाशित : श्रावण १७, २०७८ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?