कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्लाहीमा चिकित्सकमाथि आक्रमण गर्न खोज्दा प्रहरीसँग झडप

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको लालबन्दीस्थित एक निजी अस्पतालका चिकित्सकमाथि स्थानीयले आक्रमण गर्न खोज्दा प्रहरीसँग झडप भएको छ । प्रहरीले चार राउण्ड हवाई फायर गरेपछि भिड तितरबितर भएको छ । लालबन्दीस्थित मोडेल अस्पतालमा टेटनसका सुई लगाउन आएका एक बिरामीलाई रेवीजको सुई दिएपछि स्थानीयले चिकित्सकमाथि आक्रमण प्रयास गरेका थिए । हो–हल्ला हुनेबित्तिकै अस्पतालमा पुगेको प्रहरी र लालबन्दी नगरपालिका–६ का स्थानीयसँग झडप भएको थियो । 

अस्पतालमा तनावको स्थिति उत्पन्न भएपछि प्रहरीले हवाई फायर खोलेर भीड तितरबितर पारेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्मल थापाले बताए । उनले चार राउण्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिनु परेको जानकारी दिए । प्रहरीको बल प्रयोगबाट पछि हटेका स्थानीय केही पर पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध पारेका थिए । राजमार्ग अवरुद्ध भएपछि ईलाका प्रहरी लालबन्दी र सशस्त्र प्रहरीको टोलीले सामान्य बल प्रयोग गरेर राजमार्ग खुलाएका छन् । झडपमा घाइते भए नभएको जानकारी अहिलेसम्म नआएको प्रहरी निरीक्षक थापाले बताए ।


प्रकाशित : श्रावण १५, २०७८ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?