२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७५४

विद्यार्थी नेतालाई आक्रमण गर्नेलाई कारबाही गर्न नेविसंघको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पब्लिक युथ क्याम्पसका विद्यार्थी नेता बलराम उप्रेतीलाई आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ । 

अध्यक्ष राजिव ढुंगानाले बिहीबार विज्ञप्ति जारी गरी व्यक्तिगत स्वार्थ र आवेगका कारण विद्यालयको वातावरणलाई खलल पुर्‍याउने गरी विद्यार्थी नेता उप्रेतीलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेका हुन् ।

'विद्यार्थी संगठनको भूमिका समग्र विद्यार्थीको हक अधिकार स्थापना गर्दै क्याम्पसभित्र सौहार्दपूर्ण र शान्तिपूर्ण वातावरण निर्माण गर्ने भए पनि क्याम्पसभित्र नै विद्यार्थीहरु असुरक्षित हुनु दुःखद कुरा हो', अध्यक्ष ढुंगानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

घाइते उप्रेतीको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रकाशित : श्रावण १४, २०७८ २१:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?