कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थप २ हजार ६३४ जनामा कोरोना पुष्टि, २४ घण्टामा १ हजार ९९३ जना संक्रमणमुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ६३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षणमा बुधबार थप २ हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो । 

थप २ हजार ६३४ जनामा कोरोना पुष्टि, २४ घण्टामा १ हजार ९९३ जना संक्रमणमुक्त

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ९२२ परीक्षणबाट १ हजार २०६ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार ८०८ परीक्षणमा ३ हजार ८४० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ९९३ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेहरुको संख्या ६ लाख ४९ हजार ७२ पुगेको छ ।

यस्तै, थप ३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या ९ हजार ७ सय ९१ पुगेको छ ।


प्रकाशित : श्रावण १३, २०७८ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?