कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माधव नेपालले दम्भ देखाए : ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पार्टीमा फर्किनेमा आफूलाई कम विश्वास रहेको बताएका छन् । पार्टीनिकट महिला संगठनले आइतबार गरेको भर्चुअल अन्तर्क्रियामा उनले नेपालले शक्ति बाँडफाँटमा दोहोरो चरित्र देखाएको आरोप लगाए ।

माधव नेपालले दम्भ देखाए : ओली

‘गल्ती कमजोरी गर्नेलाई पार्टीले माफी दिने हो, मैले होइन तर यसैलाई लिएर एक जनाले महाराजाले माफी दिने रे भनेर खिल्ली उडाए,’ ओलीले भने, ‘अपराध गर्नेले पार्टीमा आएर गल्ती भयो भन्न नसक्ने, उल्टै पार्टीले माफी दिन्छ भन्दा मलाई क्षमा दिने को हो भनेर अहंकार र दम्भ देखाए । पार्टीलाई कमजोर पार्ने र अपराध कर्मको नेतृत्व गरिरहेका व्यक्तिबाट मैले धेरै आशा र विश्वास गरेको छैन ।’

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच आरोप–प्रत्यारोप चलिरहँदा दुवै पक्षका सांसदले दबाब अभियान सुरु गरेका छन् । विघटित कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव तत्काल कार्यान्वयन गरी पार्टीलाई एकताबद्ध बनाउनुपर्ने उनीहरूको माग छ । अभियानको अगुवाइ गरेका सांसद कृष्णप्रसाद दाहालले एकताको माहोल बनाउन दबाब अभियान सुरु गरिएको बताए । एकता अभियानमा रहेका सांसदले आइतबार कार्यदलका संयोजक र सदस्यसँग छलफल गरी दसबुँदे कार्यान्वयनको नेतृत्व लिन आग्रह गरेका छन् ।

नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले पार्टी एकतामै जोड दिएका छन् । स्थायी कमिटी सदस्यहरूबीच आइतबार भएको छलफलमा धेरै सदस्यले एकता गरेर अघि बढ्नुपर्ने सुझाव दिएको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए ।

प्रकाशित : श्रावण ११, २०७८ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?