कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०५

निर्मलाका हत्यारा पत्ता लगाउन माग गर्दै आफन्तले दिए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

कान्तिपुर संवाददाता

कञ्चनपुर — बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउन आफन्तले माग गरेका छन् । उनीहरुले आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई छिटो भन्दा छिटो हत्यारा पत्ता लगाउन माग गरेका हुन् ।

निर्मलाका हत्यारा पत्ता लगाउन माग गर्दै आफन्तले दिए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

०७५ साउन १० गते बेपत्ता भएकी निर्मला दोस्रो दिन भीमदत्त नगरपालिका–१८ को महेन्द्रनगर उल्टाखाम सडक खण्ड छेउको उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् ।

निर्मलाका बुवा यज्ञराज र कान्छी आमा लक्ष्मीले प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेलाई ज्ञापनपत्र बुझाएका हुन् । महेन्द्रनगरको मदन चोकमा भेला भएका महिला अधिकारकर्मी र आफन्तहरु र्‍यालीसहित महेन्द्रनगर बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए । प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन बुझाएर र्‍याली समापन गरिएको थियो ।

प्रकाशित : श्रावण १०, २०७८ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?