कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माओवादी केन्द्रले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौँ — नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पार्टी संगठनका विषयमा निर्णय लिन साउन २० गते बैठक बोलाउने निर्णय गरेको हो । 

माओवादी केन्द्रले बोलायो केन्द्रीय कमिटी बैठक

प्रतिगमनविरुद्ध सुरु गरेको संघर्ष सफल भएकाले अa पार्टी निर्माणलाई प्राथमिकतामा राख्ने निर्णय भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘अब हामीले पार्टी निर्माणको प्रक्रियालाई प्राथमिकतामा राखेको छौं । त्यसअनुसार केन्द्रीय कमिटीको बैठक साउन २० गते बोलाउने निर्णय भएको छ । बैठकको तयारीका लागि १७ गते स्थायी कमिटी बैठक बस्ने निर्णय भएको छ,’ उनले भने ।

प्रकाशित : श्रावण ६, २०७८ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?