कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाहालको फोनबाट खनालसँग देउवाको संवाद : 'खर्च सरकारले बेहोर्छ, छिटो निको भएर फर्किनुस्'

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले फोनमार्फत पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था बुझेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालपत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री देउवा मंगलबार उनको निवास खुमलटार पुगेका थिए । त्यही बेला अध्यक्ष दाहालको फोनमार्फत देउवाले खनालसँग संवाद गरेका हुन् । 

दाहालको फोनबाट खनालसँग देउवाको संवाद : 'खर्च सरकारले बेहोर्छ, छिटो निको भएर फर्किनुस्'

संवादमा देउवाले खनालको स्वास्थ्यलाभको कामना गर्दै उनको स्वास्थ्य उपचार खर्च सरकारले बेहोर्ने वचन दिएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।

‘अध्यक्ष कमरेडले फोन गर्नुभएको थियो । संयोगबस झलनाथ खनालले नै उठाउनु भयो । त्यहीक्रममा प्रधानमन्त्रीले उहाँसँग कुरा गर्नुभयो र स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्चको चिन्ता नगर्नुस्, सरकारले मिलाउँछ । तपाईं छिटो निको भएर फर्किनुस् भन्नुभयो,’ सापकोटाले भने ।

मिर्गौलामा समस्या देखिएपछि नेता खनाल भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत छन् ।

प्रकाशित : श्रावण ५, २०७८ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?