कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देउवालाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको सांसद मातृका यादवले जानकारी दिए ।

देउवालाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

देउवाले आइतबार संसद्को दोस्रो बैठकमा विश्वासको मत लिँदै छन् । देउवा नेतृत्वको सरकारमा माओवादीबाट दुई जना मन्त्री छन् । प्रतिनिधिसभामा तत्काल कायम रहेका २ सय ७१ सांसदमध्ये १ सय ३६ जनाको समर्थन देउवालाई चाहिन्छ । जसअनुसार कांग्रेस ६१, माओवादी केन्द्रका ४८, जसपाको उपेन्द्र यादव पक्षका १९, जनमोर्चाका १ सांसदको मत देउवालाई जाने सम्भावना छ । यसअघि अदालतमा रिट दायर गर्दा देउवाका पक्षमा हस्ताक्षर गरेका एमालेका माधव कुमार नेपालपक्षका २३ सांसद सबैले उनलाई मत दिने/नदिने यकिन भइसकेको छैन ।

कांग्रेस, माओवादी केन्द्र र जसपाका १९ सांसदले साथ दिँदा पनि देउवालाई सात मत अपुग हुन्छ । देउवालाई विश्वासको मत दिने/नदिनेबारे निर्णय लिन एमालेको नेपालपक्षका सांसदहरू छलफलमा जुटेका छन् ।

प्रकाशित : श्रावण ३, २०७८ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?