कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन कोइरालाको ‘लन्च’ बैठक, उपप्रधानमन्त्रीमा सुजाताको चाहना

काठमाडौँ — कांग्रेस महाधिवेशनको तिथि नजिकिँदै गर्दा कोइराला परिवारका सक्रिय तीन नेताले शनिबार लन्च बैठक गरेका छन् । पार्टीका महामन्त्रीसमेत रहेका बीपी पुत्र शशांकको महाराजगन्जस्थित निवासमा शेखर कोइराला र सुजाता कोइरालाले छलफल गरेका हुन् ।

तीन कोइरालाको ‘लन्च’ बैठक, उपप्रधानमन्त्रीमा सुजाताको चाहना

पारिवारिक वातावरणमा भएको करिब दुई घण्टाको छलफलमा मन्त्रिपरिषद् विस्तार, महाधिवेशनको सुनिश्चितता र संस्थापनइतर पक्षबाट सभापतिमा एकमात्रै उम्मेदवार तय गर्नेलगायत कुराकानी भएको स्रोतले जनाएको छ । पार्टी नेतृत्वका लागि शशांक र शेखर दुवै आकांक्षी हुन् ।

सुजाता कोइरालाले भने स्वास्थ्यका कारण सक्रिय हुन कठिनाइ हुने भन्दै दुई दाजुभाइमध्ये मिलेर एक जना अघि सर्न दबाब दिँदै आएकी छन् । सुजाताले उपप्रधानमन्त्री पाए मन्त्रिपरिषद्मा सहभागी हुने इच्छा दुई दाजुभाइबीच राखेकी थिइन् । ‘मुख्य कुरा सभापतिको प्रत्याशी को हुने भन्नेबारेमै छलफल गर्न खोजिएको हो तर कुनै समझदारी हुन सकेको छैन,’ कोइरालानिकट स्रोतले भन्यो ।


प्रकाशित : श्रावण २, २०७८ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?