कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाहाल र नेपालबीच भेटवार्ता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेता नेपाललाई भेट्न दाहाल शनिबार उनको निवास कोटेश्वर गएका हुन् । 

दाहाल र नेपालबीच भेटवार्ता

दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले दुई शीर्ष नेताबीच समसामयिक विषयमा छलफल भएको जानकारी दिए । उनले कान्तिपुरसित भने, 'अध्यक्ष र कमरेड माधव नेपालबीच पछिल्लो राजनीतिक विषयमा भेट भएको हो । भोलि संसद् चल्ने भएकाले त्यसबारे उहाँहरुबीच छलफल भयो ।'

पुन:स्थापित प्रतिनिधिसभा बैठक आइतबार ४ बजेका लागि आह्वान गरिएको छ । केपी ओली नेतृत्वको सरकारको सिफारिसमा विघटन गरिएको प्रतिनिधिसभा असार २८ गते सर्वोच्च अदालतले पुन:स्थापना गराएको हो । सर्वोच्चले निवेदकहरुको माग अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेसँगै देउवाले २९ असारमा जिम्मेवारी लिइसकेका छन् ।

देउवाले संविधान बमोजिम नियुक्त भएको महिना दिनमा संसद्‌मा विश्वासको मत लिनु पर्ने छ । माओवादी केन्द्र, कांग्रेस, एमाले नेपाल समूह र जसपाको समर्थनमा देउवा प्रधानमन्त्री बनेका हुन् ।

प्रकाशित : श्रावण २, २०७८ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?